तल्लो तहका अधिवेशन मिति सार्ने कांग्रेसको तयारी



काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको वडा अधिवेशन एक साता पर सार्ने तयारी गरिएको छ । आज बस्ने कार्यसम्पादन समितिको बैठकमा तल्लो तहका अधिवेशनको मिति सार्न बारेमा छलफल हुने भएको छ ।

केन्द्रीय महाधिवेशनको मिति पूर्व घोषित समयमा हुने गरी तल्लो तहका अधिवेशनको कार्यतालिका परिवर्तन लागिएको हो । सभापति गगन थापाले आज दिउँसो १ बजेदेखि बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

प्रकाशित मिति : २०८३ भाद्र २१ गते आइतवार