काठमाडौं । भारतीय टेलिभिजन च्यानल एनडीटीभी वर्ल्डले आगामी २७ अगस्ट अर्थात् ११ भदौमा भारत र नेपालका विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वलाई एउटै मञ्चमा राखेर विश्वव्यापी संवाद शृङ्खला सुरु गर्दैैछ ।
‘एनडीटीभी अन्वीक्षा : सीमापार विचार’ नामको संवाद शृङ्खला नेपालको राजधानी काठमाडौंबाट सुरु हुनेछ । याक एन्ड यतिमा बिहान ९ बजेदेखि हुने कार्यक्रममा सत्तारुढ रास्वपा सभापति रवि लामिछानेदेखि प्रमुख प्रतिपक्षी कांग्रेस सभापति गगन थापासम्मका नेताहरू सहभागी हुनेछन् ।
कार्यक्रमको प्रचार सामग्रीमा रवि र गगनसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति सुम्निमा उदास, अभिनेता राजेश हमाल, अभिनेत्री मनिषा कोइराला लगायत संवादमा सहभागी हुने उल्लेख छ ।
प्रकाशित मिति : २०८३ भाद्र ४ गते बिहिवार






