सरकारले मल उपलब्ध गराउन नसकेपछि सीमावर्ती भारतीय बजार सोनवर्षाबाट आफैंले किनेर ल्याउँदा पक्राउ परेका सर्लाहीका दुई किसान दाजुभाइ सुरेशप्रसाद सिंह र नगेन्द्रप्रसाद सिंह एक महिनाभन्दा बढीको जेल बसाइपछि शुक्रबार साँझ जमानतमा रिहा भएका छन् ।
भारतस्थित सीतामढी जिल्लाको डुमरामा रहेको व्यवहार अदालतले उनीहरूलाई जमानतमा छाड्ने आदेश बुधबार दिएको थियो । सोही आदेशअनुसार कानुनी प्रक्रिया पूरा गरी आज उनीहरू ३८ दिन जेलमा बसेर मुक्त भएका हुन् ।
प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रवार






