चुनावपछि बागमतीमा हाम्राे पार्टीको नेतृत्वमा सरकार बन्छ: कुलमान



काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीका नेता–कार्यकर्तालाई आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन्।

काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै घिसिङले उज्यालो नेपाल पार्टी देशको नयाँ राजनीतिक विकल्पका रूपमा स्थापित हुने दाबी गरे। वर्तमान सरकारले लामो समय टिक्ने अवस्था नरहेको टिप्पणी गर्दै उनले स्थानीय र प्रदेश निर्वाचनपछि सङ्घीय निर्वाचनको तयारीमा लाग्नुपर्ने बताए।

घिसिङले आगामी निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन हुने दाबीसमेत गरे। उनले अघिल्लो निर्वाचनमा पराजित भए पनि जनसमर्थनका आधारमा पार्टीले नै वास्तविक सफलता हासिल गरेको उल्लेख गरे।

उनले पार्टीलाई बलियो बनाउन संगठन विस्तार, सदस्यता अभियान र जनतामाझ सक्रिय रूपमा पुग्न नेता–कार्यकर्तालाई निर्देशन दिँदै अन्य दलका नेता तथा कार्यकर्तालाई पनि उज्यालो नेपाल पार्टीमा आबद्ध हुन आह्वान गरे।

प्रकाशित मिति : २०८३ साउन १६ गते शनिवार