प्रधानमन्त्री वालेन्द्रलाई भारत भ्रमणको निम्तो



काठमाडौं । भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको जनाएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन्। उनका अनुसार प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि निमन्त्रणा पठाइसकिएको छ।

जयसवालले भ्रमणको मिति र विस्तृत कार्यतालिकाबारे भने हालसम्म दुवै देशका कूटनीतिक संयन्त्रबीच आवश्यक समन्वय भइरहेको उल्लेख गरे। भ्रमणको समय उपयुक्त भएपछि आधिकारिक रूपमा सार्वजनिक गरिने उनले बताए।

प्रधानमन्त्री शाहको भारत भ्रमणले नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार, ऊर्जा, पूर्वाधार तथा आपसी हितका विविध विषयमा उच्चस्तरीय छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ साउन १२ गते मङ्गलवार