काठमाडौं । ग्रिल तथा स्टील व्यवसायी संघ काठमाडौं जिल्लाको आठौँ वार्षिक साधारण सभा मंगलबार काठमाडौंमा सप्पन्न भएको छ।
संघका पदाधिकारी, सदस्य तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिताबीच सम्पन्न कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गरिएको थियो। साथै व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक एकता, सीप विकास तथा ग्रिल–स्टील व्यवसाय क्षेत्रका समसामयिक चुनौती र समाधानका विषयमा समेत व्यापक छलफल भएको जनाइएको छ।
कार्यक्रममा वक्ताहरूले ग्रिल तथा स्टील व्यवसायलाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउँदै व्यवसायीहरूको साझा हितका लागि संघले अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले व्यवसायीबीच सहकार्य र एकताको भावना सुदृढ गर्दै उद्योगको दिगो विकासका लागि साझा प्रयास आवश्यक रहेको बताए।