काठमाडौँ — बुढानीलकण्ठस्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) अन्तर्गत सञ्चालित भक्तिवेदान्त गुरूकुलमा अध्ययनरत बालकमाथि दुर्व्यवहार भएको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इस्कोनका सञ्चालक सुरजकृष्ण श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले कान्तिपुरलाई बताए । उनलाई पाँच दिनदेखि जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिएको उनको भनाइ छ ।
‘एक जना बालक परिवारबाट बालबालिका ऐनविरुद्धको कसुर भएको विषयमा जाहेरी परेको थियो,’ उनले भने, ‘त्यसको अनुसन्धानका सिलसिलामा पक्राउ गरिएको हो ।’
पीडित पक्षले गुरूकुलमा ती बालकलाई शारीरिक र मानिसक यातना दिएको समेत आरोप लगाएको छ ।
प्रकाशित मिति : २०८३ असार १ गते सोमवार






