काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ जना उपसचिवसहित ६१ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत उपसचिव, अधिकृत, नायब सुब्बा (नासु) तथा खरिदार तहका कर्मचारीहरूको सरुवा गरेको हो ।
सरुवासँगै ट्रेडयुनियनमा आबद्ध कर्मचारीहरूलाई पनि विभिन्न सेवा प्रदायक निकायमा खटाइएको छ । सरकारले अध्यादेशमार्फत निजामती सेवाभित्र रहेका ट्रेड युनियन संरचना हटाउने निर्णय गरेपछि खारेजीमा परेका आधिकारिक ट्रेड युनियन तथा विभिन्न दलनिकट कर्मचारी संगठनमा आबद्ध कर्मचारीहरूलाई समेत विभिन्न निकायमा पठाइएको हो ।
मन्त्रालयले प्रशासनिक व्यवस्थापन तथा जनशक्ति परिचालनको क्रममा यसअघि ट्रेडयुनियन गतिविधिमा सक्रिय रहेका कर्मचारीहरुलाईसमेत सेवा प्रवाहसँग प्रत्यक्ष जोडिएका कार्यालय तथा निकायमा जिम्मेवारी दिइएको जनाएको छ ।
हेर्नुहोस् सूची:






