काठमाडौं । जी.ओ. अटोमोबाइल्सले नेपाली बजारमा नयाँ पुस्ताको एमजी हेक्टर एसयूभी सार्वजनिक गरेको छ । जेएसडब्लु एमजी मोटर इन्डियाको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक कम्पनी जी.ओ. अटोमोबाइल्सले राजधानीमा आयोजित विशेष कार्यक्रममार्फत उक्त गाडी सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार नयाँ एमजी हेक्टरमा अत्याधुनिक प्रविधि, प्रिमियम डिजाइन तथा आकर्षक फिचरहरू समावेश गरिएको छ । एमजी विन्डसर र एमजी कोमेटपछि कम्पनीले एसयूभी सेग्मेन्टमा आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउन नयाँ हेक्टर बजारमा ल्याएको जनाएको छ ।
नयाँ हेक्टरमा स्मार्ट कनेक्टिभिटी सिस्टम, उन्नत सुरक्षा सुविधा, आरामदायी तथा फराकिलो क्याबिन, प्रिमियम इन्टेरियरलगायत विशेषता समावेश गरिएको कम्पनीको दाबी छ । आधुनिक प्रविधि र सुविधायुक्त एसयूभी खोज्ने ग्राहकलाई लक्षित गरी यो मोडल ल्याइएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा बोल्दै जी.ओ. अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले नेपाली बजारमा नयाँ एमजी हेक्टर भित्र्याउन पाउँदा उत्साहित भएको बताए । उनले एमजी हेक्टर विश्व बजारमा लोकप्रिय तथा परिष्कृत एसयूभीका रूपमा परिचित रहेको उल्लेख गर्दै नेपाली ग्राहकले पनि उत्कृष्ट ड्राइभिङ अनुभव प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
कम्पनीका अनुसार नयाँ एमजी हेक्टरको प्रारम्भिक मूल्य ६६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो गाडी चार फरक भेरियन्टमा उपलब्ध हुनेछ । साथै, कम्पनीले बिक्रीपछिको सेवा, आधिकारिक स्पेयर पार्ट्स तथा ग्राहकमैत्री सेवा अनुभवलाई प्राथमिकतामा राख्ने जनाएको छ।
ग्राहकहरूले थापाथलीस्थित एमजी सोरुममा पुगेर नयाँ एमजी हेक्टरको अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।






