गुण्डागर्दीमा संलग्न रहेको आरोपमा ‘ललितपुरे सम्धी’ र ‘झ्यालुङ्टार ग्रुप’का १० जना पक्राउ



ललितपुर प्रहरीले गुण्डागर्दी तथा आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा ‘सम्धी ग्रुप’ र ‘झ्यालुङ्टार ग्रुप’का १० जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार चापागाउँ क्षेत्रमा लामो समयदेखि यी समूहका नाममा रेष्टुरेन्टमा पैसा नतिर्ने, गिट्टी तथा प्राकृतिक स्रोतमा दादागिरी गर्ने, हप्तावारी तथा महिनावारी असुल्ने, प्रहरीलाई कर्तव्य निर्वाहमा अवरोध पुर्‍याउने तथा समूह बनाएर हुलहुज्जत गरी आतंक सिर्जना गर्ने गतिविधि हुँदै आएको थियो।

प्रहरीले ती गतिविधिमा संलग्न व्यक्तिहरुको पहिचान गरी १० जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रकाशित मिति : २०८३ बैशाख ९ गते बुधवार