काठमाडौँ । सुधन गुरुङमाथि विवाद बढिरहेका बेला उनी सोमबार बिहान रवि लामिछानेलाई भेट्न बुढानीलकण्ठस्थित निवास पुगेका छन् ।
सम्पत्ति शुद्धीकरण मुद्दाका अभियुक्त दीपक भट्ट र शंकर ग्रुपसँग व्यापारिक साझेदारी रहेको खुलासा भएपछि गुरुङमाथि पार्टीभित्रै दबाब बढेको छ । गोरखा–१ बाट निर्वाचित गुरुङ चैत १३ गते गृहमन्त्री बनेका थिए ।
उनीमाथि कारबाही गर्ने वा नगर्ने विषयमा रास्वपाभित्र शीर्ष तहमा छलफल भइरहेको छ । आज दिउँसो बस्ने केन्द्रीय समिति बैठकले यसबारे निर्णय लिन सक्ने बताइएको छ । पार्टीको अनुशासन आयोगले पनि गुरुङबारे आन्तरिक गृहकार्य थालेको छ।
प्रकाशित मिति : २०८३ बैशाख ७ गते सोमवार





