इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज



काठमाडौं । इरानले स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला गरिएको घोषणा गरेको छ। इरानी विदेश मन्त्री अब्बास अराग्चीले लेबनान युद्धविराम कायम रहेसम्म सबै व्यावसायिक जहाजहरूको आवागमन खुला रहने बताएका हुन्।

यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत गर्दै इरानलाई धन्यवाद दिएका छन्। यसअघि इरानले ओमानतर्फको जलमार्ग प्रयोगको प्रस्ताव अघि सारेको थियो भने ट्रम्पले हर्मुज नखोले नाकाबन्दीको चेतावनी दिएका थिए।

प्रकाशित मिति : २०८३ बैशाख ४ गते शुक्रवार