काठमाडौँ । सरकारी र निजी अस्पतालमा १० प्रतिशत बेड निःशुल्क गर्ने व्यवस्थालाई कडाइका साथ लागू गरिने सरकारले निर्णय गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयमा सरकारी र निजी अस्पतालले कुल बेड मात्र १० प्रतिशत निःशुल्क उपलब्ध गराउनुपर्ने उल्लेख छ ।
निःशुल्क बेडमा विपन्न, असहाय, बेवारिसे बिरामीले पहुँच बनाउने जनाइएको छ । स्वास्थ्य संस्थामा निःशुल्क सेवा उपलब्धता, लाभग्राही विवरण तथा सेवा उपयोगको रियल टाइम अनुगमन गर्न फ्रि हेल्थ पोर्टल विकास गरि ३० दिनभित्र देशभर लागू गर्ने निर्णयमा जनाइएको छ ।
स्वास्थ्य सूचना प्रणाली विकास गरी ३ महिना भित्र लागू गरिने निर्णयको कार्यसूचीमा उल्लेख छ । जसमा बिरामीको इतिहास, पुनः सेवा, फलोअप र विरामीको अभिलेख प्रणालीका डिजिटल र एकीकृत गरिने जनाइएको छ । अस्पताल फार्मेसीमा औषधीको मौज्दात र मूल्य सूची देखिने डिजिटल प्रणाली दिन महिला भित्र सञ्चालन गर्ने घोषणा गरिएको छ ।
सरकारी अस्पतालहरुमा सुलभ फार्मेसी सञ्चालन गर्ने निर्णय गरिएको छ । अधिकांश अस्पतालमा ३० दिनभित्र वन वार्ड स्थापना गर्ने प्रक्रिया थाल्ने जनाइएको छ ।





