ज्ञानश्री स्कूल बानेश्वरको भव्य उद्घाटन, क्याम्ब्रिज–आधारित शिक्षा प्रणालीसहित सञ्चालनमा



काठमाडौं। बानेश्वरस्थित ज्ञानश्री स्कूल बानेश्वर ले आफ्नो नयाँ शैक्षिक यात्रा सुरु गर्दै भव्य “ग्रान्ड ओपनिङ सेरेमोनी” आयोजना गर्ने भएको छ। यही चैत ७ गते शनिबार बिहान ११:३० बजे नयाँ बानेश्वर, लखे चौर मार्गमा विद्यालयको औपचारिक उद्घाटन कार्यक्रम तय गरिएको छ।
क्याम्ब्रिज इन्टरनेशनल एजुकेशनसँग आबद्ध यस विद्यालयले आधुनिक, सृजनात्मक तथा भविष्य–केन्द्रित शिक्षा प्रदान गर्ने लक्ष्य लिएको छ। विद्यालयले विद्यार्थीहरूको बौद्धिक, सिर्जनशील तथा नेतृत्व क्षमताको विकासमा जोड दिने जनाएको छ।
विद्यालय व्यवस्थापनका अनुसार, बदलिँदो विश्व परिवेशअनुसार विद्यार्थीलाई नवप्रवर्तन, सहकार्य र आत्मविश्वासका साथ अघि बढ्न सक्षम बनाउने उद्देश्य राखिएको छ। साथै, विद्यालयमा विश्वस्तरीय पूर्वाधार, खेलकुद तथा कला–संस्कृति सम्बन्धी गतिविधिहरूको समेत व्यवस्था गरिएको छ।
ज्ञानश्री स्कूलले “क्रिएटिभ इन्गेजमेन्ट” अन्तर्गत कम्युनिटी इन्गेजमेन्ट, डान्सिङ क्लब, इनोभेसन हब, आउटडोर लर्निङ, मेकर स्पेस, रिडिङ क्लब तथा सामाजिक क्लबजस्ता विविध कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।
हाल विद्यालयमा नर्सरीदेखि कक्षा ७ सम्म भर्ना खुला गरिएको छ। विद्यालयले समग्र विकासमा केन्द्रित शिक्षण पद्धतिमार्फत विद्यार्थीलाई जिम्मेवार विश्व नागरिक बनाउने लक्ष्य राखेको जनाएको

प्रकाशित मिति : २०८२ चैत्र ७ गते शनिवार