इरान युद्धको प्रभाव चुल्होसम्मः भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने



अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा खाना पकाउने ग्यासको माग बढेको र आपूर्तिमा समस्या देखिएको भन्दै नेपाल आयल निगम ले आधा सिलिन्डर ग्यास वितरण गर्ने निर्णय गरेको जनाएको छ।

निगमका कार्यकारी निर्देशक भट्टका अनुसार यो निर्णयको मुख्य उद्देश्य ग्यास अभाव कम गर्नु र धेरै उपभोक्तासम्म ग्यास पुर्‍याउनु हो।

निर्णयको मुख्य कारण

युद्धका कारण आपूर्ति समस्या
अन्तर्राष्ट्रिय तनावले ग्यास आपूर्तिमा असर परेको छ, जसले बजारमा अभाव देखिएको छ।

धेरै उपभोक्तासम्म ग्यास पुर्‍याउने लक्ष्य
पहिले १ हजार जनाले ग्यास पाउँथे भने अब आधा सिलिन्डर बाँड्दा २ हजार जनाले ग्यास पाउने निगमको दाबी छ।

ग्यास स्टक गर्ने प्रवृत्ति घटाउने
निगमका अनुसार आधा सिलिन्डर मात्रै दिँदा मानिसहरूले घरमा थुपारेर राख्ने सम्भावना कम हुन्छ वास्तवमै आवश्यक परेकाले मात्रै किन्नेछन्।

भट्टले भनेका छन् कि यो निर्णयले बजारमा देखिएको ग्यास अभाव हट्ने र उपभोक्ताले सजिलै ग्यास पाउने अवस्था सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २८ गते बिहिवार