राजावादीको कारण विमानस्थल क्षेत्र अस्तव्यस्त, जनतालाई सास्ती



काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाह को आगमनसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र अस्तव्य बनेको छ। राजावादी समर्थकहरू विमानस्थल गेट बाहिर जम्मा भएर ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ जस्ता नाराबाजी गरिरहेका छन्।

समर्थकहरूको उपस्थिति कारण यात्रुहरूलाई विमानस्थल प्रवेश गर्न कठिनाइ भएको छ। कतिपय यात्रुहरू हतारिँदै गेटबाटै सुटकेश घिसारेर भित्र प्रवेश गरिरहेका देखिएका छन्।

पूर्वराजा शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौं आएका हुन्। विमानस्थलबाट निर्मल निवाससम्म लैजाने तयारी भइरहँदा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्म बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन १ गते शुक्रवार