काठमाडौँ । झापा-५ मा चुनावी सरगर्मी बढ्दै जाँदा बालेन्द्र शाहकी श्रीमती सविना काफ्लेले घरदैलो अभियानको नेतृत्व गर्दै प्रचारलाई तीव्रता दिएकी छन्।
उनको नेतृत्वमा सोमबार बिहान दमक-९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सञ्चालन गरिएको हो।
दमक–९ स्थित उराव बस्तीबाट सुरु भएको कार्यक्रम पाणिनि स्कुल, देवसिंह टोल, नौभाइ चोक हुँदै बुद्ध चोकसम्म पुगेको थियो। त्यसपछि पुनः उराव बस्तीमै पुगेर कार्यक्रम समापन गरिएको रास्वपाले जनाएको छ।
कार्यक्रमका क्रममा पार्टीका नेताहरूले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, गुनासा र सुझावहरू संकलन गरेका थिए।
प्रकाशित मिति : २०८२ माघ १३ गते सोमवार






