काभ्रे-२ मा गोकुल बास्कोटाले पाएनन् टिकट, ब्याञ्जु बने उम्मेदवार



काभ्रे । नेकपा एमालेले काभ्रेपलाञ्चोक–२ बाट अशोककुमार ब्याञ्जुलाई उम्मेदवार बनाएको छ ।

यो क्षेत्रबाट यसअघि उम्मेदवार बन्दै आएका गोकुल बास्कोटाले भने टिकट पाएनन् । शनिबार साँझ बसेको सचिवालय बैठकमा यो क्षेत्रको उम्मेदवार तय भएको थिएन ।

अध्यक्ष केपी शर्मा ओलीलाई बाँकी निर्वाचन क्षेत्रमा टिकट टुंग्याउने जिम्मा दिइएको थियो । जस अनुसार, ब्याञ्जुलाई काभ्रे–२ को टिकट दिइएको हो ।

प्रकाशित मिति : २०८२ माघ ५ गते आइतवार