निर्वाचन आयोगले दियो गगन-विश्व समूहलाई नेपाली कांग्रेसको मान्यता



काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई औपचारिक मान्यता दिएको छ।

शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र पार्टी विधानअनुसार वैध ठहर गर्दै त्यहाँबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो। यस निर्णयसँगै विशेष महाधिवेशनबाट गरिएका सबै निर्णयहरू वैधानिक भएका छन्।

यसअघि विशेष महाधिवेशनलाई मान्यता दिन नहुने भनी शेरबहादुर देउवा समूहले गरेको दाबी निर्वाचन आयोगको निर्णयसँगै स्वतः अस्वीकृत भएको छ। अब प्रत्यक्ष मनोनयनदेखि अन्य सम्पूर्ण गतिविधि र निर्णयहरू गगन थापा–विश्वप्रकाश शर्मा समूहका तर्फबाट आधिकारिक रूपमा मानिनेछन्।

विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाको नेतृत्वमा रहेको पुरानो कार्यसमिति स्वतः अमान्य भएको निर्वाचन आयोगको निर्णयले स्पष्ट पारेको छ।

यद्यपि, आयोगको यस निर्णयप्रति असन्तुष्ट पक्षले सर्वोच्च अदालतमा जाने कानुनी बाटो भने खुला नै रहेको छ।

प्रकाशित मिति : २०८२ माघ ३ गते शुक्रवार