कांग्रेसको उम्मेदवारी शुल्क : सभापतिका लागि ३० हजार, अन्य पदका लागि कति ?



नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूका लागि शुल्क तोकेको हो ।

यसैगरी, उपसभापति र महामन्त्रीका लागि २५ हजार रुपैयाँ शुल्क तोकिएको छ । सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक सीताराम केसीले उल्लेख गरेका छन् ।

उम्मेदवारी मनोनयनका लागि अहिले दिउँसो २ देखि ३ बजेसम्मको समय छुट्ट्याइएको छ ।
हेर्नुहोस्, शुल्क सूची :

प्रकाशित मिति : २०८२ पुष २९ गते मङ्गलवार