विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२दशमलव ४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गगनकुमार थापाले ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको जानकारी गराए ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यसको आह्वान गरेका हुन् । कांग्रेसमा देशभरबाट ४ हजार ७ सय ४३ जना प्रतिनिधि रहेका छन् ।

प्रकाशित मिति : २०८२ पुष २७ गते आइतवार