शिवम् फार्मास्युटिकलको चौथो साधारणसभा सम्पन्न, स्वदेशी औषधि उत्पादनमा गुणस्तरलाई प्राथमिकता



काठमाडौं — शिवम् फार्मास्युटिकल लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ। सभामा कम्पनीको हालसम्मको प्रगति, संगठनात्मक अवस्था तथा भावी कार्यदिशाबारे विस्तृत समीक्षा गरिएको छ।
स्वस्थ भविष्य निर्माण गर्ने लक्ष्यका साथ अघि बढिरहेको कम्पनीले औषधि उत्पादनमा गुणस्तरलाई सर्वोच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसारको गुणस्तरीय उत्पादन प्रक्रियाको पालना गर्दै सुरक्षित, प्रभावकारी र सर्वसुलभ औषधि नेपाली बजारमा उपलब्ध गराउँदै आएको कम्पनीले स्पष्ट पारेको छ।
हाल कम्पनीसँग ५४ प्रकारका औषधि उत्पादन रहेका छन् भने १५ वटा विभागमार्फत ७५ जना कर्मचारी सक्रिय रूपमा कार्यरत छन्। सभामा कम्पनीको मानव संशाधन, व्यवस्थापन संरचना तथा उत्पादन विकास प्रक्रियाबारे जानकारी दिँदै सञ्चालन क्षमतामा निरन्तर सुधार हुँदै गएको उल्लेख गरिएको छ।
साधारण सभामा नेपालमा अत्यावश्यक औषधिको आपूर्ति सुनिश्चित गर्दै राष्ट्रिय स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन कम्पनीले खेलेको भूमिकामाथि समेत छलफल गरिएको थियो। शेयरधनी तथा सरोकारवालाहरूलाई उत्पादन गुणस्तरमा निरन्तरता कायम राख्दै बदलिँदो स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न गरिएका प्रयासबारे अवगत गराइएको थियो।
सभाको अन्त्यमा कम्पनीले औषधि उत्पादनमा नैतिकता, कानुनी मापदण्डको पूर्ण पालना तथा निरन्तर सुधारप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै जनस्वास्थ्यका दीर्घकालीन लक्ष्यसँग कम्पनीका कार्यक्रमहरू सधैं मेल खाने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२ पुष २० गते आइतवार