कोरिया पठाउनुपर्ने माग राख्दै ईपीएस शाखा कार्यालयमा प्रदर्शन



काठमाडौं । भाषा र सिप परीक्षा पास गरेर दुई वर्षदेखि कोरिया जान नपाएको भन्दै युवाले ललितपुरको ग्वार्कोस्थित ईपीएस कार्यालयमा पुनः प्रदर्शन गरेका छन्। करिब २०० भन्दा बढी युवाले रोस्टर म्याद थप, सेक्टर चेन्ज र रोजगारदातासम्म फाइल पुर्‍याउन माग गरेका छन्।

दुई महिनाअघि भएको सहमति कार्यान्वयन नभएको आरोप उनीहरूको छ। ईपीएस शाखाले यी माग नेपाल सरकारले नभई कोरियाली सरकारले मात्र सम्बोधन गर्न सक्ने बताउँदै कोरिया सरकार सकारात्मक रहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ पुष १६ गते बुधवार