बालकुमारी साकोसको २५औँ साधारणसभा, सामूहिक विश्वासले सशक्त बनेको सहकारी



भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारणसभा शनिबार भक्तपुरको मध्यपुर थिमिस्थित त्रिभुवन बैंक्वेटमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्षको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा आर्थिक विवरणमाथि छलफल गरी पारित गरेको छ। सभाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम, वार्षिक बजेट, सहकारी प्रक्रिया, बचत तथा ऋणसम्बन्धी कार्ययोजना अनुमोदन गरेको छ।

साधारणसभामा शेयर लाभांश वितरण, संरक्षित पूँजी फिर्ता, आन्तरिक नीति तथा विनियम संशोधन, आवश्यक समिति गठन तथा प्रतिनिधि चयनसम्बन्धी प्रस्तावहरू समेत पारित गरिएका छन्। संस्थाको वित्तीय अवस्था सुदृढ रहेको उल्लेख गर्दै सदस्यहरूको हित संरक्षण, पारदर्शिता र सुशासनलाई थप मजबुत बनाइने प्रतिबद्धता व्यक्त गरिएको थियो।

सभामा उत्कृष्ट शेयर सदस्य, कर्मचारी तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो। साथै संस्थाले शिक्षा, स्वास्थ्य, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा गर्दै आएको योगदानलाई आगामी दिनमा अझ विस्तार गर्ने निर्णयसमेत गरिएको छ।
साधारणसभामा संस्थाका शेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८२ पुष १४ गते सोमवार