काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका शिक्षकहरूले चार महिनापछि तलब पाएका छन्। गाउँपालिकाभित्र देखिएको विवादका कारण उनीहरूको तलब रोकिएको थियो।
तलब रोकिएको विरोधमा शिक्षक तथा कर्मचारीहरूले विद्यालय बन्द गरी गाउँपालिकामा धर्ना दिएका थिए। लामो समयसम्मको आन्दोलनपछि मात्र तलब रकम वितरण भएको हो। यसअघि दशैं–तिहारसम्म पनि शिक्षकहरूले कुनै तलब तथा भत्ता पाएका थिएनन्।
‘अघिल्लो शुक्रबार साउनदेखि असोजसम्मको तलब पायौं। दशैंको भत्तासमेत आयो,’ आधारभूत विद्यालयका प्रधानाध्यापक दुखन यादवले बताए।
गाउँपालिकाका १६ वटा विद्यालयका शिक्षक तथा कर्मचारीहरूले तलब नपाएपछि लगातार आन्दोलन गर्दै आएका थिए।
प्रकाशित मिति : २०८२ मङ्सिर ८ गते आइतवार





