ललितपुर । तिहार पर्वको अवसरमा ललितपुर जिल्लामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना जारी गर्दै देउसी–भैलो खेल्ने समय राति ९ बजेसम्म मात्र सीमित गरिएको जानकारी दिएको हो।
कार्यालयले देउसी–भैलो खेल्दा व्यवस्थित, मर्यादित, अनुशासित र सामाजिक एकता झल्किने शैली अपनाउन आग्रह गरेको छ। साथै, पटका पड्काउने, आतिसबाजी गर्ने लगायतका कार्यमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ। प्रशासनले सार्वजनिक सुरक्षामा ध्यान दिँदै यस्तो निर्णय गरिएको जनाएको छ र सबैलाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा पर्व मनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २ गते शनिवार





