बालेनले पुरा गरिदिए ‘लुसिफर’ अवतार हेर्न चाहनेको इच्छा



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सामाजिक सञ्जालमा ‘लुसिफर’ पात्रको शैलीमा फोटो सार्वजनिक गरेका छन्। इन्टाग्राममार्फत आएका फलोअर्सको आग्रहपछि उनले लुसिफरको हेयरस्टाइलमा आफूलाई प्रस्तुत गर्दै तस्बिर पोस्ट गरेका हुन्।

पोस्ट गर्दै शाहले लेखेका छन्, “दाइ, लुसिफरको जस्तो हेयरस्टाइल बनाएर एउटा फोटो हाल्नु न। हस् बाबु, यदि यसले तिमीलाई खुसी दिन्छ भने, मलाई थाहा छैन त्यो स्टाइल मिल्छ कि मिल्दैन।”

शाहको उक्त तस्बिरप्रतिको प्रतिक्रिया मनोरञ्जक रह्यो। कमेन्टमा उनकी पत्नी सविना काफ्लेले लेखेकी छन्, “हे भगवान्! अब दुई–तीन दिनलाई पुग्यो।”

यसअघि, लेखक तथा राजनीतिक विश्लेषक सौरभले एक टेलिभिजन अन्तर्वार्तामा बालेन शाहको शैलीलाई ‘लुसिफर’ पात्रसँग तुलना गरेका थिए। सार्वजनिक रूपमा कम देखिने बानी, कालो चस्मा र कालो पोसाकलगायतको शैली औंल्याउँदै उनले प्रत्यक्ष नाम नलिए पनि बालेनलाई ‘कालो ऊर्जा’ को प्रतीकका रूपमा चित्रण गरेका थिए।

अन्तर्वार्तामा सौरभले भनेका थिए, “लुसिफर ब्युझिँन लागेको हो?” भनेर, बालेनको शैली र प्रभावप्रति संकेत गर्दै चर्चा उत्पन्न गरेका थिए।

प्रकाशित मिति : २०८२ कार्तिक १ गते शुक्रवार