शिक्षा मन्त्रालयबाट विज्ञान तथा प्रविधि छुट्याउने तयारी



काठमाडौं । सरकारले विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षा मन्त्रालयबाट अलग गरी छुट्टै मन्त्रालय बनाउने तयारी थालेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनका अनुसार यस विषयमा औपचारिक छलफल सुरु भइसकेको हो । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, “विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षा मन्त्रालयबाट अलग गरी विज्ञान, नवप्रर्वतन, सूचना प्रविधि, जल तथा मौसम विज्ञानसम्बन्धी कामहरू सोही मन्त्रालयमार्फत गर्ने फाइदाबारे छलफल सुरु गरिएको छ।”

हाल शिक्षा र विज्ञान प्रविधि मन्त्रालय एउटै संरचनामा रहेको छ । नयाँ प्रस्ताव स्वीकृत भएमा विज्ञान र नवप्रर्वतन क्षेत्रका नीति तथा कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन सरकारको यो कदम सहायक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार