सातदोबाटोका डीएसपी यादव तानिए, पूर्णिमा चन्दलाई जिम्मेवारी



काठमाडौँ । ललितपुरस्थित प्रहरी वृत्त सातदोबाटोका डीएसपी रामकुमार यादवलाई काज सरुवा गरिएको छ। ६ महिनाअघि मात्र सातदोबाटो पुगेका यादवलाई उपत्यका प्रहरी कार्यालय रानिपोखरी तानिएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार सातदोबाटोमा डीएसपी पूर्णिमा चन्दलाई पठाउने निर्णय गरिएको छ। यसअघि उनी स्वयम्भू प्रहरी वृत्तको कमाण्डमा रहेकी र पछिल्ला दिनमा जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत थिइन्।

आर्थिक गतिविधि शङ्कास्पद देखिएपछि यादवलाई जिम्मेवारीबाट हटाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२ असोज २१ गते मङ्गलवार