गुण्डुको गुप्तवासबाट ओलीको दाबी “भ्रष्टाचार नगर्नु नै अपराध भयाे”



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगरेको कारण नै निशानामा पारिएको दाबी गरेका छन्।

प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारीहरूसँग बिहीबार भएको छलफलमा उनले जेनजी आन्दोलनपछि आफू प्रहारको केन्द्र बनेको उल्लेख गर्दै भने,
“मेरो अपराध के हो त ? भ्रष्टाचार नगर्नु अपराध भयो, मैले भ्रष्टाचार गरेको छैन र गर्दिनँ पनि।”

ओलीले देशलाई विकासको खाका बनाएर अघि बढाएको, हिंसा भड्काउने शक्तिलाई मुख्यधारमा ल्याएको र शान्ति कायम गर्ने प्रयास गरेको दाबी गरे। उनले २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोड जेनजी आन्दोलनकारीहरूले नगरेको समेत बताए।

त्यसक्रममा काठमाडौं महानगरका मेयर बालेन्द्र शाहतर्फ इङ्गित गर्दै उनले केही नेताहरूले सिंहदरबार जलाउने, बालुवाटार घेराउनेजस्ता उत्तेजनात्मक अभिव्यक्ति दिएको आरोप लगाउँदै सरकारले त्यसको छानबिन गर्नुपर्ने बताए।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार