दशैंको मुखमा देशभरका मुख्य राजमार्ग अवरुद्ध, यात्रु अलपत्र [सूचीसहित]



काठमाडौं । देशका विभिन्न मुख्य राजमार्गहरू पहिरो र अवरोधका कारण बन्द भएका छन् ।

कोशी राजमार्ग, सिद्धिचरण लोकमार्ग, गल्छि–त्रिशूली सडक, अरनिको राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड, कालीगण्डकी करिडोर, पूर्व–पश्चिम राजमार्ग, रत्न राजमार्ग र मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध भएको हो ।

राजमार्गहरू बन्द भएपछि दशैंको यात्रामा रहेका यात्रुहरू बिचल्लीमा परेका छन् ।

शनिबार दिउँसो सिंहदरबारमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको नेतृत्वमा आकस्मिक बैठक बसेर सडक खुलाउनेबारे छलफल भइरहेको छ । बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ, मजदुर तथा सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी छन् ।

नारायणगढ–मुग्लिन सडकखण्ड भने शुक्रबार रातिदेखि नै अवरुद्ध छ । निरन्तर पहिरो खसिरहेका कारण बाटो खोल्न कठिनाइ भइरहेको छ । यात्रुहरू रातिदेखि अलपत्र अवस्थामा छन् ।

प्रकाशित मिति : २०८२ असोज ४ गते शनिवार