चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा निरन्तर पहिरो खसिरहेको छ । शुक्रबार साँझ करिब ६ बजेबाट लगातार खसेको खुक्खा पहिरोले करिब १०० मिटर सडक पूरै ढाकेको प्रहरीले जनाएको छ ।
आज बिहानैदेखि डोजर परिचालन गरी सडक खोल्ने प्रयास भए पनि निरन्तर पहिरो खसेका कारण काम अघि बढाउन कठिन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यात्रुहरूलाई वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
पानी नपरे पनि ढुंगा–माटो खसिरहेकाले डोजर रोक्दै–रोक्दै काम गर्नुपर्ने बाध्यता रहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि सवारी साधन र यात्रुहरू बीचमै अलपत्र परेका छन् ।
प्रकाशित मिति : २०८२ असोज ४ गते शनिवार





