काठमाडौँ । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको दरखास्त फाराम भर्ने म्याद थप गरेको छ । माध्यमिक तह अध्यापन अनुमतिपत्रको लागि आवेदन फाराम भर्न सूचना भएकोमा देशमा उत्पन्न विषम परिस्थितिका कारण म्याद थप गरिएको हो ।
शिक्षक सेवा आयोगबाट ३१ गते प्रकाशन गरिएको माध्यमिक तह अध्यापन अनुमतिपत्रको लागि आवेदन फाराम भर्न सूचना सार्वजनिक गरेको थियो ।
देशमा उत्पन्न विषम परिस्थितिका कारण यस आयोगको अनलाईन पोर्टल www.license.tsc.gov.np मा प्राविधिक समस्या उत्पन्न भई भदौं २४ गते रातिदेखि अवरुद्ध भएकोले सिङ्गल दस्तुरको भौचर जेनेरेटसहितको अनलाइन आवेदन भर्ने म्याद थप गरेको आयोगले जनाएको छ ।
थप गरिएको समय अनुसार असोज ४ गते राति ११ः५९ बजेसम्म र राजश्व दस्तुर तिर्ने समयावधि सोही दिनको भोलिपल्ट कार्यालय समयभित्र पेस गर्न सकिने छ । साथै दोब्बर दस्तुरको भौचर जेनेरेटसहितको अनलाइन आवेदन भर्ने अन्तिम असोज ११ गते राति ११ः५९ वजेसम्म र राजश्व दस्तुर तिर्ने समयावधि सोही दिनको भोलिपल्ट कार्यालय समयभित्र कायम गर्नेे जनाएको छ ।






