काठमाडौं । जेन-जि आन्दोलनको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी अन्तर्गत पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि सारिएको छ ।
बुधबार दिउँसो जेन-जि प्रतिनिधिहरूले कार्कीको नाम प्रधानसेनापति अशोक सिग्देल समक्ष प्रस्ताव गरेका हुन् । सो प्रस्तावमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पनि समर्थन जनाएका छन् ।
आन्दोलनकारी युवाहरूले संवेदनशील परिस्थितिमा नेतृत्व गर्ने व्यक्तित्व इमान्दार र कानूनी धरातलमा दृढ हुनुपर्ने औंल्याउँदै कार्कीलाई अगाडि बढाएका हुन्।
प्रकाशित मिति : २०८२ भाद्र २५ गते बुधवार





