काठमाडौं । संसद भवनको दुई नम्बर गेटमा आइतबार दिउँसो Gen-Z प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। संसद भवन परिसरमा सुरु भएको प्रदर्शन उग्र भएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।
प्रदर्शनकारीहरूले ढुंगामुढा प्रहार गर्दै दुई नम्बर गेटको पर्खाल भत्काएका थिए। त्यसपछि उनीहरूले गेटमा आगो लगाएका हुन्।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रशासनले आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। भिड नियन्त्रणका लागि प्रहरीले रबरको गोली प्रयोग गरेको छ। सुरक्षा अधिकारीका अनुसार भीड तितरबितर पार्न प्रदर्शनकारीको घुँडामुनि लक्षित गरेर गोली हानिएको हो।
प्रदर्शनकै क्रममा केही प्रदर्शनकारी घाइते भएको अनुमान गरिएको छ भने थप भिड भेला हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार





