काठमाडौँ । काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सामाजिक सञ्जालसम्बन्धी अभिव्यक्तिमा तीखो प्रतिक्रिया दिएका छन्।
प्रचण्डले सरकारको सामाजिक सञ्जालमाथि रोक गलत भएको र जेन्जी पुस्ताको आन्दोलन स्वाभाविक भएको बताएका थिए। त्यसलाई लक्षित गर्दै मेयर शाहले कमेन्टमार्फत प्रचण्डको कार्यकालमा टिकटकसमेत बन्द गरिएको स्मरण गराउँदै आफूले एक दिन समय पाएको भए काठमाडौँका खोलानाला परिवर्तन गर्ने दाबी गरेका छन्।
उनकाे उक्त प्रतिक्रिया सामाजिक सञ्जालमा भाइरल बनेको छ र हालसम्म करिब ५० हजारभन्दा बढीले लाइक गरेका छन्।
प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार





