थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ७ सय ९८



काठमाडौं, १९ जेठ । मुलुकमा पछिल्लो २४ घण्टामा थप २ सय २६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा सोमबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल १ हजार ७ सय ९८ पुगेको छ । संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले दिनु भएको जानकारी अनुसार थपिएका २ सय २६ जनामा २ सय १३ पुरुष र १३ महिला छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार