हरिसिद्धिमा बालिकालाई ठक्कर दिएर भाग्यो मन्त्रीको गाडी



काठमाडौं । ललितपुरको हरिसिद्धीमा कोसीका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर सवार गाडीले बालिकालाई ठक्कर दिएको खुलेको छ ।

ललितपुरको गोदावरीमा जारी नेकपा (एमाले)को विधान महाधिवेशनतर्फ गइरहेको मन्त्री सवारले गाडीले शनिबार बिहान एक बालिकालाई ठक्क दिएको थियो ।

ठक्करपछि स्थानीय स्थानीयले गोदावरी जाने सडक अवरुद्ध पारेका छन् । अहिले अवरोध हटाउन छलफल भइरहेको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २१ गते शनिवार