काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए)को नयाँ नेतृत्व चयन गर्ने निर्वाचनमा सत्ता गठबन्धनलाई ठूलो धक्का लाग्दै फुर गेल्जे शेर्पा अध्यक्षमा विजयी भएका छन्। उनले ३४२ मत ल्याएर प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई (२८८ मत) पराजित गरे।
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र एमाले निकट पर्यटन व्यवसायीहरूले गुरुङलाई समर्थन गरेका थिए भने नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट व्यवसायीहरूले शेर्पाको पक्षमा समर्थन जनाएका थिए।
अन्य पदाधिकारीहरूमा पनि शेर्पा पक्ष हावी
वरिष्ठ उपाध्यक्षमा शेर्पा समूहका ईश्वर पौडेलले ३४५ मत ल्याएर टिका गुरुङलाई (२५८ मत) हराए।
प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पाले ३५९ मत ल्याएर काजी शेर्पालाई (२५६ मत) पराजित गरे।
द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ३६८ मतसहित विजयी भए भने धन बहादुर गुरुङले २३८ मत पाए।
महासचिवमा राजेन्द्र बहादुर लामा (३१८ मत) विजयी भए। सचिवमा चन्दन थापाले ३५८ मत ल्याए भने उनका प्रतिस्पर्धी ङिमा दिकी शेर्पाले २४४ मत पाए।
कोषाध्यक्ष पदमा ङिमा नुर्बु शेर्पा र सुमी लामाबीच ३०४–३०४ मत बराबरी आएपछि कार्यकाल आधाआधा गरेर नेतृत्व गर्ने सहमति भएको छ।
सदस्यमा विजयी हुनेहरू
माधवकुमार धमला (२७८), केदार न्यौपाने (३०२), थुप्देन शेर्पा (३२६), गोकुल थापा (२८८), मुलाल गुरुङ (३५१), देण्डी शेर्पा (३११), विक्रम कार्की (३०६), रिञ्जे शेर्पा (३०१), देवेन्द्र डङ्गोल (२९५), दिकी शेर्पा (२८८) र निशा भोटे (३०७) सदस्यमा निर्वाचित भएका छन्।





