निजी विद्यालय सञ्चालकलाई अभिभावक संघको चेतावनीः विद्यालय बन्द गरेर पढ्ने अधिकार कुण्ठित नगरियोस्



नेपाल शिक्षक महासंघ र निजी विद्यालय सञ्चालक संस्था प्याब्सन/एनप्याब्सनले विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेपछि नेपाल राष्ट्रिय अभिभावक संघले काउन्टर प्रतिक्रिया दिएको छ।

संघले विज्ञप्ति जारी गर्दै विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित हुने किसिमका गतिविधि नगर्न शिक्षक र विद्यालय सञ्चालकलाई चेतावनी दिएको छ। विद्यालय बन्द गरेर गरिने आन्दोलनप्रति असहमति जनाउँदै संघले यस्तो अवस्था आउनै नदिने आग्रह गरेको छ।

हाल आन्दोलनका कार्यक्रम सार्वजनिक भए पनि विद्यालय बन्द गर्ने निर्णय भएको छैन। अभिभावक संघले सबै पक्षलाई विद्यार्थीको भविष्यलाई प्राथमिकतामा राखेर समस्या समाधान गर्न आह्वान गरेको छ।

प्रकाशित मिति : २०८२ साउन ३० गते बिहिवार