रवि नछुटेपछि पत्नी निकिताको अडान: ‘श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु’



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि उनकी पत्नी निकिता पौडेलले सरकारप्रति कडा आपत्ति जनाउँदै निरन्तर लड्ने अडान लिएकी छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै निकिताले आफू नथाकेको र नहारेको स्पष्ट गर्दै लेखेकी छन्, “संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु। यो सरकार, उसले साँधेको प्रतिशोध र गरेको अन्यायविरुद्ध निरन्तर लड्छु। मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु।”

उनको यो अभिव्यक्ति लामिछानेप्रति अदालतको निर्णय सार्वजनिक भएको केही घण्टापछि आएको हो। निकिताको भनाइले रास्वपाका समर्थकबीच थप आक्रोश र आन्दोलनको संकेत दिएको देखिन्छ।

प्रकाशित मिति : २०८२ साउन २८ गते मङ्गलवार