कैलाली । कैलाली जिल्ला कारागारमा शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। धनगढी–४ का ४० वर्षीय भरत चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजकुमार सिंहले जानकारी दिए।
लागुऔषध मुद्दामा थुनामा रहेका चौधरी बिहीबार राति ११ बजेको झडपमा सख्त घाइते भएका थिए। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र सबैको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। बिहीबार पनि कारागारमा झडप भएको थियो, जसमा ५ जना घाइते भएका थिए।
प्रकाशित मिति : २०८२ साउन २५ गते शनिवार





