ललितपुर, ठैब । ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबमा एक महिलाको आफ्नै श्रीमानबाट हत्या भएको छ। हत्या आरोपमा प्रहरीले ४६ वर्षीय निरज खड्गीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, शनिबार बेलुका श्रीमान–श्रीमती दुबै जनाले मदिरा सेवन गरेका थिए। मदिरा सेवनपछि भएको विवादकै क्रममा निरजले ४५ वर्षीया श्रीमती कमलामाया खड्गीको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अधिकारीले जानकारी दिए।
घटना भएलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्थानीयले नै निरजलाई नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा दिएका थिए। प्रहरीले घटनास्थलबाट उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान जारी राखेको छ।
प्रकाशित मिति : २०८२ साउन १९ गते आइतवार





