काठमाडौं । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अस्पताल भर्ना भएका छन् ।उनी काठमाडौंस्थित ग्राण्डी अस्पताल भर्ना भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए । चिकित्सकहरूको सल्लाह अनुसार भर्ना भई उपचार गर्नुपर्ने भएकाले अस्पताल भर्ना भएको प्रवक्ता सापकोटाले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
नव नियुक्त तिन मन्त्रीको सपथ ग्रहण कार्यक्रम रोकेर अकस्मात् काठमाडौँ हिँडेका प्रदेश प्रमुखको विषयमा अनेक आशंका गरिएको थियो । खासगरी संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुर सिंह लामा पराजित भएसँगै देउवा र ओलीको दबाबमा प्रदेश प्रमुख सपथ ग्रहण नगराई अकस्मात हिँडेको मुख्यमन्त्री पक्षका कांग्रेस सांसदहरुको आरोप छ ।
प्रकाशित मिति : २०८२ साउन १६ गते बिहिवार





