किङ्स कलेजद्वारा नेपाल आन्टरप्रेनरशिप फोरमको घोषणा

साउन १०–११ गते आयोजना हुने


काठमाडौं । उद्यमशीलता र व्यवसाय शिक्षामा अग्रणी संस्थामध्ये एक किङ्स कलेजले आगामी साउन १० र ११ गते दोस्रो संस्करणको नेपाल आन्टरप्रेनरशिप फोरम आयोजना गर्ने भएको छ।

“टुवर्डस् सस्टेनेबल आन्टरप्रेनरशिप इकोसिस्टम” भन्ने नाराका साथ आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित फिनल्याण्ड, जापान, भारत, बङ्गलादेश र कोसोभो लगायतका देशका २५ भन्दा बढी वक्ता तथा विशेषज्ञहरू सहभागी हुनेछन्।

कलेजले मंगलबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमको जानकारी दिँदै दिगो उद्यमशीलता प्रवर्द्धन तथा शैक्षिक ज्ञान र व्यावहारिक अनुभवको समायोजनमार्फत नीति निर्माण, नवप्रवर्तन र युवा सशक्तिकरणमा योगदान पुर्‍याउने उद्देश्य रहेको जनाएको छ।

फोरमका कनभेनर तथा किङ्स कलेजका प्राध्यापक चित्तरञ्जन पाण्डेका अनुसार “यस्ता सम्मेलनहरूले नेपालमा नवप्रवर्तनको प्रवर्द्धन गर्नुका साथै उद्यमशील सञ्जाल निर्माण, बेरोजगारी न्यूनीकरण, र आर्थिक वृद्धि जस्ता क्षेत्रहरूमा सकारात्मक प्रभाव पार्न सक्छन्।”

फोरममा विचार विमर्श, शोधपत्र प्रस्तुतिकरण, नवप्रवर्तन प्रदर्शनी तथा सञ्जाल निर्माण जस्ता गतिविधिहरू समावेश गरिने आयोजकले जनाएको छ। सम्मेलनमा २०० भन्दा बढी सहभागीहरू रहनेछन्, जसमा अन्तर्राष्ट्रिय तथा स्थानीय उद्यमी, अनुसन्धानकर्ता, नीतिनिर्माता, विकास साझेदार, सरकारी प्रतिनिधि र विद्यार्थीहरू समावेश हुनेछन्।

कलेजले यो सम्मेलनमार्फत नेपालमा उद्यमशीलता सम्बन्धी बहसलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने, र स्थानीय नवप्रवर्तन र शिक्षा क्षेत्रबीचको सहकार्यलाई सुदृढ बनाउने लक्ष्य लिएको छ।

प्रेस विज्ञप्ति
किड्स कलेजले साउन १०-११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने
काठमाडौं (असार ३२):
नेपालमा उद्यमशीलता र व्यवसाय शिक्षामा अग्रणी संस्थामध्ये एक, किड्स कलेजले यहि साउन १० र ११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने घोषणा गरेकी छ ।
“टुवर्डस् सस्टेनेवल आन्टरप्रिनरशिप इकोसिस्टम” भन्ने मूल नाराका साथ आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो संस्करणमा नेपाल, फिनल्याण्ड, जापान, भारत, बङ्गलादेश, र कोसोभो लगायतका देशका २५ भन्दा बढी वक्ता र विशेषज्ञहरू सहभागी हुनेछन्।
दुई दिने यो कार्यक्रमले दिगो उद्यमशीलता क्षेत्रमा कार्यरत शिक्षाविद्, उद्यमी, नीतिनिर्माता, पेशाकर्मी, तथा सरोकारवालाहरूलाई एउटै मंचमा ल्याउने लक्ष्य लिएको छ। भने सम्मेलनले शैक्षिक ज्ञान र व्यावहारिक अनुभवलाई जोड्दै, उद्यमशीलताको विविध पक्षमा गहन संवाद एवं छलफललाई प्रबर्द्धन गर्न सहकार्यको अवसर प्रदान गर्ने जनाइएको छ ।
“उद्यमशीलतासम्बन्धी यस्ता सम्मेलनहरुले नेपालमा पनि नवप्रवर्तनलाई प्रोत्साहन गर्न, महत्वपूर्ण सञ्जालहरूको निर्माण गर्न, आर्थिक बृद्धिमा टेवा दिन, बेरोजगारी न्यूनीकरण गर्न, दिगो विकासलाई प्रबर्द्धन गर्न, र विकासशील राष्ट्रका युवाहरुलाई उनीहरुले सामना गरिरहेका चुनौतीहरूसँग जुझ्न सहयोग पुऱ्याउँछ,” सम्मेलन कनभेनर तथा किड्स कलेजका प्राध्यापक चित्तरञ्जन पाण्डेले बताए ।
किड्स कलेजका अनुसार, सम्मेलनका सत्रहरूमा शैक्षिक अनुसन्धान र व्यावसायिक कार्यान्वयनबीचको सम्बन्ध उजागर गर्ने गरी विचार-विमर्श, शोधपत्र प्रस्तुतिकरण, नवप्रबर्तन प्रदर्शन, तथा सञ्जाल निर्माण जस्ता विधाहरू समावेश गरिनेछन् ।
यस कार्यक्रममा २०० भन्दा बढी सहभागीहरू हुनेछन्, जसमा अन्तर्राष्ट्रिय तथा स्थानीय उद्यमी, अनुसन्धानकर्ता, नीतिनिर्माता, विकास साझेदार, सरकारी प्रतिनिधि, र विद्यार्थीहरू सम्मिलित हुनेछन् ।
समाप्त

प्रकाशित मिति : २०८२ साउन १ गते बुधवार