काठमाडौं बारको अध्यक्ष पदमा सुरेन्द्र तिवारीको उम्मेदवारी, यस्तो छ प्यानल



काठमाडौं । जिल्ला अदालत काठमाडौं बार एसोसिएसनको अध्यक्ष पदका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) का तर्फबाट अधिवक्ता सुरेन्द्र तिवारी नेतृत्वको प्यानल घोषणा भएको छ । असार २८ गते हुने निर्वाचनका लागि तिवारी समूहबाट उपाध्यक्षमा रिता पोखरेल, सचिवमा मैयाँदेवी दाहाल, कोषाध्यक्षमा हेमलता जीसी उम्मेदवार छन् ।

सदस्यमा देवेन्द्र श्रेष्ठको उम्मेदवारी परेको छ । युवा पुस्ताको ऊर्जा र पुराना पुस्ताको अनुभवबीच कडा र रोमाञ्चक प्रतिस्पर्धा हुने भनिएको जिल्ला बार निर्वाचनमा पीपीएलएद्वारा खडा गरिएका सबै उम्मेदवार युवा पुस्ताका छन् । अध्यक्षका उम्मेदवार तिवारीको क्रमसंख्या २ छ । निर्वाचनलाई चासोको साथ हेरिरहेका युवा कानुन व्यवसायी अनिष बस्नेत भन्छन्, ‘यसपटकको निर्वाचन काठमाडौं बारका मतदाताका कानुन व्यवसायीका निम्ति एक महत्त्वपूर्ण छनोटको अवसर बनेको छ।’

“मर्यादित पेशा, पेशागत हकहित तथा दक्षता, सूचना प्रविधि सम्पन्न बारको संस्थागत विकासमा हाम्रो प्रतिबद्वता ” मिति २०८२ आषाढ २८ गते सम्पन्न हुन गईरहेको काठमाडौं जिल्ला अदालत बार एशोसिएशन, काठमाडौँको कार्य समिति निर्वाचनमा प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठन (PPLA) को तर्फबाट अध्यक्ष पदका उम्मेदवार अधिवक्ता सुरेन्द्र तिवारीको समुहलाई अत्याधिक बहुमतले विजयी गराऔं ।
सुरेन्द्र तिवारी अध्यक्ष (क्र. सं. २) १८४५०५३५४०
रिता पोखेल उपाध्यक्ष (क्र. सं. २) ४८५११८०३७६
मैया देवी दहाल सचिव (क्र. सं. २) ४८४१४५०८८४
हेमलता जि.सी. कोषाध्यक्ष (क्र. सं. २) ४८६४८३२३०५
देवेन्द्र श्रेष्ठ सदस्य (क्र. सं. १३) ४८६१६४१०३६
|

मतदान गर्दा उम्मेदवारको नामको पछाडि रहेको कोष्ठभित्र () चिन्ह लगाउनु होला । नोटः मतदान गर्न आउँदा काठमाडौं जिल्ला अदालत बार एशोसिएशनको परिचय पत्र, नेपाल बार काउन्सिलको परिचय पत्र वा नागरिकताको प्रमाण पत्र साथमा लिई आउनुहुन अनुरोध छ ।

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रवार