आसार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । कुनै न कुनै व्यक्तिले हामीलाई केही न केही कुरा सिकाएका हुन्छन् । आज ज्ञान दिने र जीवनको बाटो देखाउने यस्ता गुरुलाई सम्मान गर्ने तथा सम्झिने दिन पनि हो । साथै हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत गुरुलाई मानेको छ ।
आजको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धा भाव प्रकट गरी मनाउने दिन पनि हो । आफुहरुलाई शिक्षा लिने गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै आज देशभर गुरु पूर्णिमा मनाउने गरिन्छ ।





