मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रबिक्रम बेघाबीचको विवाद चुलिँदै जाँदा धरान तनावग्रस्त बनेको छ । श्रमदानको बिल उपभोक्ता समिति बनाएर पेशेपछि भुक्तानी रोकेको भन्दै उपमेयर आइन्द्र बेघालाई मेयर हर्क साम्पाङ पक्षले हार्दिक श्रद्धाञ्जली लेखेपछि माओवादी कार्यकर्ता आक्रोशित भएका छन् । मंगलबार दुवै पक्ष आम्ने साम्ने भएपछि यहाँ एपीएफ, नेपाल प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको छ ।
दिउँसो २ बजे बोलाइएको बजेट तथा सिलिङ निर्धारण समितिको बैठकअघि मेयरको कार्यकक्षा दुईजनाबीच विवाद भएको र त्यसको सूचना बाहिरिएपछि नारायणपथमा श्रमदान गरिरहेका हर्कका समर्थक उपमहानगर आएको बताइएको छ ।
हर्कका समर्थकले ‘विकासविरोधी उपमेयर चाहिँदैन । राजनीतिक दलहरू चाहिँदैन’ भन्दै नाराबाजी गरेका छन् ।माओवादी कार्यकर्ताले ‘हर्क साम्पाङ मुर्दावाद, गैरकानूनी काममा राज्यको दोहन गर्न पाइँदैन भन्दै’ नारा लगाएका छन् ।
साम्पाङका समर्थक





