
इसीडी शिक्षकको वृद्धिविकास र सेवा सुविधाको विषयमा सरकारले ध्यान नदिएको भन्दै शिक्षा समितिमा सुमना श्रेष्ठले प्रश्न उठाएकी छिन् । शिक्षाको बजेट धेरै देखिएपनि त्यो तलब भत्तामै सकिने भन्दै इसीडी शिक्षकलाई राज्यले वेवास्ता गरेको दाबी गरिन् ।
उनले इसीडीको विषयमा राज्यको स्पष्ट धारणा माग्दै गोप्य सम्झौताको विरोध गरिन् । श्रेष्ठले अहिलेको सेवासुविधाले इसीडीमा पढाउन कोही नआउने बताउँदै त्यसलाई परिमार्जन गर्न माग गरिन् ।
प्रकाशित मिति : २०८२ जेष्ठ ३२ गते शनिवार