विद्यालय शिक्षा विधेयकमा प्रारम्भिक बाल विकास कक्षा (ईसीडी कक्षा)मा पढाइरहेका शिक्षकलाई खुलातर्फ प्रतिस्पर्धाको अवसर दिने सहमती भएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा संयोजक रहेको उपसमितिमा यस्तो सहमती भएको हो ।
प्रारम्भिक बाल विकास कक्षामा पढाइरहेका शिक्षकलाई खुलातर्फ प्रतिस्पर्धाको अवसर दिइने भएको छ। शैक्षिक योग्यता पुगेको र लगातार तीन शैक्षिक सत्रमा पढाएको व्यक्तिका हकमा खुला प्रतिस्पर्धा गर्न उमेर हद नलाग्ने भएको छ।
प्रारम्भिक बाल विकास कक्षा अब दुई वर्षको हुने समझदारी गरिएको छ। निजी विद्यालयहरूले पनि दुई वर्षकै प्रारम्भिक बाल विकास कक्षा सञ्चालन गर्नुपर्ने छ। तिनले अहिलेजस्तो नर्सरी, केजी, एलकेजी जस्ता बहुवर्षीय कक्षा सञ्चालन गर्न पाउने छैनन्।
प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते शनिवार





